सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

रुकुम ।  रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ६, मा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार बेलुका ८ बजेतिर परेको चट्याङ लागेर गवारीका अन्दाजी ४३ वर्षीय भिमबहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमै बसेका बोहरालाई चट्याङ लागेको थियो । बोहराको घटनास्थलमै मृत्यु भएको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चट्याङ लागेर बोहराकी श्रीमती घाईते भएकी छन् । ३५ वर्षीया सीता बोहरा घाईते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्ष ध्रुबकुमार श्रेष्ठले जानकारी दिए ।

घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरिरको दायाँतर्फको भागमा चोट लागेको छ । खाना खाएर अगेनामा आगो तापेर बसिरहेका बेला चट्याङ लागेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७७, शनिबार ०८:२५