काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा आफ्नो बृहत आमसभा गर्दैछ । प्रधानमन्त्री ओलीको तर्फबाट जवाफ स्वरुप आयोजना हुन लागेको सभा नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुँदैछ ।
आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । जनसभामा तीन लाख मानिस उर्ताने बताएको ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्याली निकालेको थियो ।
ओली समूहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दाबी छ । ओली समूहले दरवारको अगाडि कार्यक्रम गराउनुलाई अनेक तर्क गरिएको छ ।
पछिल्लो समय प्रधानमन्त्री ओलीको क्रियाकलाप राजासँग मिल्दो हुनु र नारायण हिटी दरवार अगाडि नै कार्यक्रमको आयोजना गर्नु आफैँमा अशोभनीय भएको दाहाल–नेपाल समूहका नेताहरुको भनाइ छ ।
दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले एक कार्यक्रममा बोल्दै ओली राजवादीहरुको भीडमा बसेको आारोप लगाउनुभएको थियो । उहाँले ओलीले २३ गते नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने हल्ला आएको समेत बताउनुभएको थियो ।
यता नेकपाको ओली समूहले आज हुने जनसभाको तयारी स्वरुप काठमाडौँमा मार्चपास गरेको छ ।
राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।
।