बझाङ । बझाङमा भरूवा बन्दुकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–४ स्थित टिका सामुदायिक वनबाट मंगलबार राति ११ ः ३० बजे एकनाले भरूवा बन्दुक, बारुद, केप, छर्रा, एउटा जंगली मरेको कालिज , टर्चलाइट र एक थान हँसिया सहित छविसपाथिभेरा गाउँपालिका – ३ का ४३ वर्षीय गणेश खवास र सोहि ठाउँ घर भएका ५० वर्षीय निमु खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त हातहातियार सहित टिका सामुदायिक वन क्षेत्र भित्र फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरिक्षक रुपक खड्काले बताउनु भयो ।
पक्राउ परेका दुवै जनामाथि थपअनुसन्धान भइरहेको समेत जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
।