सूचनाको शक्ति - The Power Of Information

        

संवैधानिक निकायका पदाधिकारीहरुले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस गरेका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा एक कार्यक्रमकाबीच राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सपथ खुवाएका हुन् ।

त्यस्तै विभिन्न आयोगका सदस्यहरुलाई भने सम्बन्धित आयोगका अध्यक्षले सपथ ग्रहण गराएका हुन् ।

गत मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले विभिन्न संवैधानिक निकाय र आयोगमा नियुक्तिका लागि ३८ जनाको नाम सिफारिस गरेको थियो ।

प्रतिनिधिसभा विघटन भएपछि अख्तियारदेखि मानवअधिकार आयोगसम्म नियुक्त भएका पदाधिकारीको सुनुवाइ भने हुन सकेको थिएन । सुनुवाइ नभएपछि निर्णय भएको ४५ दिनपछि स्वतः नियुक्त हुने व्यवस्थाअनुसार सरकारले संवैधानिक निकायमा नियुक्त भएकाहरुलाई शपथ खुवाइएको हो ।

सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित रहेका थिए ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार १०:५१