सूचनाको शक्ति - The Power Of Information

        

जब लण्डनको सडकमा मान्छेको मासु बेच्न थालियो !

एजेन्सी । बेलायतको राजधानी लण्डनको ट्राफेल्गर स्क्वाएरमा हरेक दिनजस्तै शनिवार पनि मानिसहरुको चहलपहल थियो । मानिसहरु व्यस्त थिए । सोही समयमा मानिसहरुको ध्यान चोकको बीचमा मान्छेको मासु बेचिरहेका केही व्यक्तिहरुतर्फ खिचियो ।

बीच सडकमा रगतले लतपतिएका युवतीहरूको शरीरसँगै रहेका केही मानिसहरुले ती युवतीको जीउको मासु किन्न अपील गरिरहेका थिए । बिकिनी पहिरिएका र जीउमा रगत लतपतिएका केही अर्धनग्न युवतीहरुको शरीर सडकमा पल्टाइएको थियो ।

मानिसहरु त्यो दृश्यलाई हेरेर आश्चर्य मानिसरहेका थिए । ती युवतीका जीउहरुमा ‘मान्छेको मासु’ भन्ने ट्याग लगाइएको थियो । वास्तवमा जनावरमाथिको भेदभावको विरोधमा यस्तो गरिएको थियो । सडकमा त्यसरी लडाइएका राताम्मे सरीरहरु मृत शरीर थिएनन र मासु बेच्नका लागि पनि राखिएको थियो ।

जनावरको प्राणको पनि मान्छेको प्राणको जत्तिकै मूल्य हुन्छ, जनावरलाई पनि बाँच्ने अधिकार हुन्छ भन्दै अभियानकर्मीहरुले साकाहारी बन्न अपील गर्दै जनचेतना जगाउन यस्तो अनौठो विधिको प्रयोग गरेका रहेछन् । डाइरेक्ट एक्सन एभ्रिह्वेयर नामक संस्थाले उक्त कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : २१ माघ २०७७, बुधबार ०८:०३