सूचनाको शक्ति - The Power Of Information

        

विघटनको बचाउमा महान्यायाधिवक्ता खरेलले बहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज पनि जारी रहनेछ । आज पनि सरकारकोतर्फबाट महान्यायाधिवक्ता अग्नी खरेलले बहसलाई निरन्तरता दिनुहुनेछ ।

विघटन विरुद्धको बहसमा हिजो खरेलले नैं सरकारी पक्षबाट बहस सुरु गर्नुभएको थियो । हिजोको बहस हेर्दा हेर्दैमा सकिएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट बहस गर्नुभएका महान्यायाधिवक्ता खरेलले आफु प्रधानमन्त्रीको प्रतिरक्षा गर्न इजलासमा अभिएको भन्दै आफ्नो संवैधानिक दायित्वबाट पन्छिन नमिल्ने तर्क गर्नुभयो ।

उहाँले विघटन संविधानसम्मत भएको जिकिर पनि गर्नुभयो । महान्यायाधिवक्ता खरेलले तत्कालिन संविधान सभाको संख्या ठूलो भएको र संविधान निर्माणमा संलग्नहरूको फरक फरक मनसाय भएकाले अदालतले उनीहरुको मनसाय बुझ्न खोजे सही निष्कर्षमा नसकिने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार १०:४४