काठमाडौं । अमेरिकाको पूर्वी क्षेत्रमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । न्यूर्योकसहितका शहरमा हिमपातले प्रभावित भएका हुन् ।
हवाइ यातावात अवरुद्ध भएका छन् । कोरोना भाइरसविरुद्धको खोप अभियान पनि हिमपातले प्रभावित भएको छ ।
तीव्र रफ्तारमा रहने न्यूर्योक सिटीको जनजीवन स्थिर भएको छ । न्यूजर्सी, पेन्सिलभेनियासहितका क्षेत्रमा स्थानीय समय अनुसार सोमबार बेलुकासम्ममा ४८ सेन्टिमिटरसम्म हिउँ जमेको छ ।
यस्तै न्यूयोर्क सिटीमा ४३ सेन्टिमिटरसम्म हिउँ जमेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्यूयोर्क सिटी र न्यूजर्सीमा आपतकालको घोषणा गरिएको छ ।
हिउँ आँधी न्यू इंग्ल्याण्ड तर्फ जाने अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ । हावाको गति ८० किलोमिटर प्रतिघण्टासम्म पुग्ने र त्यसले गर्दा हिउँ आँधी आउन सक्ने बताइएको छ ।
।