सूचनाको शक्ति - The Power Of Information

        

खेलकर्मीहरुसँग अन्तरक्रिया

प्रधानमन्त्री ओलीले आज खेलाडी तथा खेलकर्मीसँग अन्तरक्रिया गर्दै

प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज खेलाडी तथा खेलकर्मीहरुसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना ‘खेलकुदसँग प्रधानमन्त्री’ नामक अन्तरक्रिया कार्यक्रम गर्न लागिएको हो ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा खेलकर्मीले राखेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ सहित सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रममा खेलाडी, प्रशिक्षक, खेल संघका पदाधिकारी सहित विभिन्न खेलकर्मीहरुको उपस्थित रहनेछन् ।

नेकपाको विवाद उत्कर्षमा पुगेको बेला हुन लागेको यो कार्यक्रमलाई राजनीतिक महत्वसँग जोडेर पनि हेरिएको छ । राखेपका सदस्यसचिव रमेश सिलवाल प्रधानमन्त्री ओली निकट हुनुहुन्छ ।

केही दिन अघि केन्द्रिय कमिटि विस्तार गरिंदा सिलवाल पनि केन्द्रिय सदस्यमा मनोनित हुनुभएको छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलवार ०८:२३