सूचनाको शक्ति - The Power Of Information

        

आइतबार कुन राशिका लागि कति लाभदायी ?

२०७७ माघ १८ गते, आइतवार, ३१ जनवरी २०२१ । माघ कृष्णपक्ष तृतीया तिथि, पूर्वफाल्गुनी नक्षत्र, चन्द्रराशि– सिंह ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आँटले काममा सफलता मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ र बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । रचनात्मक काम बन्नाले धन आर्जन हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । शुभचिन्तकहरूको साथ जुट्नाले कामको वातावरण बन्नेछ । लगनशीलताले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । हतारको निर्णयले काम बिग्रन सक्छ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । आफन्तको सहयोग लिँदा काममा फाइदा उठाउन सफल भइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ काम प्रारम्भ गर्ने समय छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिनेछ । लगानी गर्दा व्यवसायमा मनग्गे धनलाभ हुनेछ । आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुखद समाचारले उत्साह जगाउनेछ । बोलीको प्रभाव बढ्नेछ भने चिताएको काम सजिलै सम्पादन हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले नयाँ अवसर दिलाउनेछ । पहिलेको सफलताले पनि हौसला जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समयमा होस नपुग्नाले फजुल खर्च बढ्नेछ । चिताएका काममा अनायासै व्यवधान देखा पर्न सक्छ । खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला । आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ । शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दुःख पाइएला । परिवारजनबाट समेत टाढिनुपर्ला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ । उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ । समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । सामाजिक नेतृत्व हातलागी हुन सक्छ । व्यापारमा पनि राम्रै फाइदा हुनेछ । प्रतिष्ठित कामले लोकप्रियता दिलाउनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन् । तर भाग्यले अवसर थमाउनेछ । सामाजिक कामको जिम्मेवारी बढ्नेछ । अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ । पहिलेका समस्या सुल्झनेछन् र पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्, होसियारीसाथ काममा जुट्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

परिस्थितिवश चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । आंशिक फाइदा भए पनि चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । समयअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ । केही बाध्यात्मक परिस्थितिले अलमल्याए पनि भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । व्यवसायले रमाइलो यात्रा गराउनेछ । मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ । अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ । प्रयत्न गर्दा छोटो समयमा फाइदा उठाउन सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला, दिगो फाइदा हुने काम गर्न सकिनेछ । पहिलेका चुनौती पार लगाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्ने समय छ ।

प्रकाशित मिति : १८ माघ २०७७, आइतवार ०६:१९