सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार खड्कालाई नदीन पत्रकारिता पुरस्कार

दाङ । तुलसीपुर अनलाइन सम्पादक पत्रकार नारायण खड्का नदीन स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित नदीन स्मृति पत्रकारिता पुरस्कार २०७४ बाट पत्रकार महासंघ दाङ शाखाले शुक्रवार एक कार्यक्रमको आयोजना गरी खड्कालाई पुरस्कृत गरेको हो ।
पत्रकार महासंघ दाङका कार्यवहाक अध्यक्ष लिला शाहको अध्यक्षता तथा प्रेस काउन्सिलका पूर्व अध्यक्ष नारायण प्रसाद शर्माको प्रमुख आथित्यतामा भएको कार्यक्रम वोल्दै शर्माले समाज रुपान्तरमा पछिल्नो समय पत्रकारहरुले खेलेको भूमिका अहम् रहेको भन्दै आगामी दिनमा समेत पत्रकारहरुले समाज रुपान्तरणको विषयमा कलम चलाउनु पर्ने आवस्यक रहेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नारायण प्रसाद शर्माले पत्रकार खड्कालाई नगदसहित प्रमाणपत्रले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नदीनका बुवा दामोदर सुवेदीले दुर्घटना नियन्त्रणका लागि पत्रकारलाई आउदा दिनमा अझ शसक्त भएर कलम चलाउन आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा जिल्ला ट्राफिक प्रमुख ओमप्रकाश वाग्ले, पुरस्कृत पत्रकार नारायण खड्का लगायतले बोलेका थिए ।
पत्रकार महासंघका उपाध्यक्ष डिल्ली मल्लको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको संचालन सचिव भुपेन्द्र ओलीले गरेका थिए । पत्रकार खड्का तुलसीपुर अनलाईन संगै रेडियो संजीवनी तथा सेतोपाटी अनलाईन जस्ता बिभिन्न मिडियासंग आवद्ध रहेका छन ।

प्रकाशित मिति : १२ माघ २०७४, शुक्रबार ०६:४०