सूचनाको शक्ति - The Power Of Information

        

बेलायतमा कोरोना संक्रमितको संख्या बढ्दै, ७८ लाख भन्दा बढीले लगाए खोप

काठमाडौं । बेलायतमा पछिल्लो २४ घन्टामा २९ हजार ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३७ लाख ७२ हजार ८१३ पुगेको छ ।

बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा केहि कमि आएको स्वास्थ्य विभागले जनाएको छ । हाल त्यहाँका अस्पतालमा झन्डै ३५ हजार संक्रमितको उपचार भइरहेको छ भने चार हजार जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

बेलायतमा कोरोनाका भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टाभित्र थप १२४५ जनाको मृत्यु भएको त्यहाँको सरकारले जानकरी दिएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख चार हजार ३७१ पुगेको छ ।

स्वास्थ्य विभागको तथ्यांकअनुसार एकसाताभित्र बेलायतमा ७ हजार ७६६ जनाको मृत्यु भएको छ । यता बेलायतमा हालसम्म ७८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

हालसम्म ७८ लाख ९१ हजार १८४ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । जसमध्ये चार लाख ७८ हजार २५४ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

बेलायतमा हाल फाइजर(बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाकाद्वारा विकसित कोरोना विरुद्धको दुईवटा खोपहरु वितरण भइरहेको छ । एजेन्सी

प्रकाशित मिति : १७ माघ २०७७, शनिबार ०७:३४