सूचनाको शक्ति - The Power Of Information

        

कुटपिटमा साडु दाइको मृत्यु, एक पक्राउ

दाङ ।  दाङमा साडु दाइको हत्यामा संलग्न एक युवा पक्राउ परेका छन् । ३६ वर्षका घोराही उपमहानगरपालिकाका दिनेश सार्की साडु दाइको हत्या आरोपमा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनले कुटपिट गरेका कारण मानबहादुर विकको मृत्यु भएको हो । ४३ वर्षका विकको कुटपिटपछि सख्त घाइते भएका कारण बाँकेमा उपचार भइरहेको थियो ।

तर, अस्पतालमा उनको निधन भयो । उनको निधन भएपछि प्रहरीले सार्कीलाई पक्राउ गरेको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०७७, शुक्रबार ०७:५८