सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवाद

ओली र दाहाललाई निर्वाचन आयोगको पत्र

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै समूहलाई छलफलको लागि बोलाएको छ । आयोगले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी छलफल गर्न बोलाएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन तयारी र निर्वाचन प्रयोजनको दल दर्ताको विषयमा ओली र प्रचण्डसँग छलफल हुनेछ । छलफलका लागि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षका अध्यक्षले तोकेका आधिकारिक पाँच–पाँच जना व्यक्तिलाई बोलाइको प्रवक्ता श्रेष्ठले बताए ।

नेकपाका दुवै पक्षले आफूलाई आधिकारिकता दाबी गर्दै आयोगमा पेस गरेको विवरण अस्वीकार गर्दै निर्वाचन आयोगले ११ माघमा पार्टी विभाजनलाई मान्यता नदिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार १७:३९