सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप : वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब दोस्रो सेमिफाइनल खेल खेल्दै

काठमाडौं ।  प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा आज वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लब खेल्दै छन् ।

खेल कीर्तिपुरको त्रिवि मैदानमा बिहान ९ बजे हुने छ । आजको विजेताले फाइनलमा एपीफसँग खेल्ने छन् । वाग्मती समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो भने, आर्मी समूह ‘ए’ को उपविजेता हो । फाइनल खेल शनिबार हुनेछ ।

हिजो भएको खेलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको छ  ।

प्रकाशित मिति : १५ माघ २०७७, बिहीबार ०७:२९