बाँके । जुम्लाको तिला गाउँपालिका वडा नं ७ गोठीगाउँमा मंगलबार रातिदेखि लागेको भीषण आगलागीबाट करिब ३० घर जलेर नष्ट भएका छन् । आगो नियन्त्रणका लागि सदरमुकामबाट सुरक्षाकर्मी घट्नास्थलमा पुगेपनि अहिले पनि नियन्त्रणमा आएको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरीका अनुसार मंगलबार रातीबाट आगलागी शुरु भएको थियो । आगलागीको खबर आउनसाथ जिल्लाबाट सुरक्षाकर्मीहरु गएका थिए । सो टोलीले रातीबाटै आगो निभाउने प्रयास गरेको भएपनि फुसका घर भएका कारण आगो झन सल्केर बढेको थियो ।
पानीको अभाव र हावा बढी लागेका कारण आगो झन् फैलिएको थियो । आगलागीबाट चौपायहरुको मृत्यु भएको तर मानवीय क्षति भने भएको छैन । अहिले जिल्ला प्रशासन कार्यालयबाट पनि सरकारी अधिकारीहरु त्यहाँ पुग्न लागेका छन् । सदरमुकामबाट करिब ३ घण्टाको दुरीमा रहेको सो स्थानमा ५० वटा जति फूसका घरहरु रहेको पनि प्रहरीले जनाएको छ ।
।