सूचनाको शक्ति - The Power Of Information

        

कुन राशिका लागि सोमबार कति लाभदायी ?

वि.सं.२०७७ साल माघ १२ गते । सोमबार । ईश्वी सन् २०२१ जनवरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–द्वादशी, ४० घडी ५९ पला, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त त्रयोदशी ।

नक्षत्र–मृगशिरा,४६ घडी ०० पला,रातको १२ बजेर २० मिनेट उप्रान्त आद्र्रा । योग–ऐन्द्र, ३८ घडी २१ पला, बेलुकी १० बजेर १६ मिनेट उप्रान्त वैधृति । करण–बव, बिहान १० बजेर ३८ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर १९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–आनन्द योग । चन्द्रराशि–बृष, मध्यान्ह १२ बजेर २५ मिनेट उप्रान्त मिथुन ।

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो,अ)

बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)

माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । साथिभाईसँगको रमाईलो बसाईमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई अरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रगती भएर जानेछ । पुराना आर्थिक मुद्दाहरु हल भएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)

बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धी सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फइदा हुने व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगती हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)

बिहानको समय राम्रो रहेकोले मायाप्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन शुखि हुनेछ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । खनिज पदार्थसँग सम्बन्धित बस्तुहरु जस्तै धातु तथा पानीसँग सम्बन्धीत बस्तुहरुको कारोबारबाट फाईदा हुनेछ । दाजुभाई तथा आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । मध्यान्हबाट लामो दुरिको यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहरुका लागी समय फलदायी रहनेछ । तरपनि स्वास्थ्य सम्बन्धी समस्या बढ्ने तथा खर्चालु समय रहेकोछ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)

प्राकृतिक स्रोत साधन,सरकारी स्रोत तथा अन्य भौतिक सम्पतीको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नयाँ प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने वातावरण बन्ने हुनाले मनग्गे धन लाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा बढी नै आम्दानी हुनेछ । माया प्रेममा आत्मियताको वढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिस्पर्धामा अरु दिन भन्दा राम्रो प्रगती गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)

बिहानको समय राम्रो रहेकोले खोजीमुलक क्षेत्रमा रुचि बढ्ने तथा पढाइ लेखाइकै शिलशिलामा लामो दुरिको यात्रा हुनेछ । मध्यान्हबाट राज्यबाट अनाबश्यक झै झमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलव्धी गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीका स्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलव्धी अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अविश्वास सिर्जना हुने योग रहेकोछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)

लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेकोछ । लामो समय देखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपार्ईँको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदी बहिनीसँग मनमुटाव बढ्नेछ । सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)

आउने ठाउँबाट रुपैया पैसा नआउनाले बनाएका योजनाहरु थाती हुनेछन् । व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबी हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रोसँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । तरपनि बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)

बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जानेछ भने नतिजा हात पार्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईँको नाम आउनेछ । मध्यान्हबाट बिनाकारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुनेछ । सवारी साधन तथा अन्य वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेममा एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुन सक्छ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)

बिहानको समय राम्रो रहेकोले सन्तान तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने योग रहेकोछ । मन परेको मानिसबाट उपहार प्राप्तीको योग रहेकोछ । मध्यान्हबाट व्यापार व्यावसायमा लगानी गरे अनुशार प्रतिफल प्राप्त नहुँदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । स्वास्थ्य सम्वन्धी समस्या आउने तथा दैनिक खर्च बढेर जानेछ । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनाले आजको दिन कुनै पनि विवादमा सामेल नहुनु होला ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)

पढाइ लेखाइमा शुक्ष्म तरिकाले गरीएको अध्ययनले सकारात्मक नतिजा ल्याउन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट आउने आम्दानिले आर्थिक अवस्था मजभुत हुनेछ । आफ्नो मानिसबाट भनेजस्तो सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले आत्मियता बढेर जानेछ । सन्तान पक्षबाट भनेजस्तो सहयोग तथा सल्लाह पाइने तथा बंश बृद्धिको गतिलो योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)

बिहानको समय राम्रो रहेकोले छोटो दुरिको व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्ने आट आउनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन शुखि रहनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले खानपान तथा मौषमको ख्याल गर्नुहोला छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या आउन सक्छ । अरुकै लहैलहैमा लागेर आफ्नो सस्कार भुल्दा पछी गएर पछुतो हुने ग्रहयोग रहेकोछ । तपाईँ दिन शुभ रहोस् ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार ०७:४८