सूचनाको शक्ति - The Power Of Information

        

‘तोकिएको समयभित्रै प्रादेशिक सरकार गठन’

बुटवल । प्रदेश नम्बर ५ का प्रमुख उमाकान्त झाले संबैधानिक ब्यबस्था अनुसार नै सरकार गठन हुने बताएका छन् । उनले कानुनमा भएको ब्यबस्था अनुसार र तोकिएकै मितिभित्र सरकार गठन गर्ने उल्लेख गरे । उनले भने, ‘अब तत्काल २ वटा गर्नुपर्ने काम बाँकी छ, प्रदेशसभा बोलाउने र सरकार गठन गर्ने ।’
प्रदेश प्रमुखको कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाटमा उनले निर्वाचनको नतिजा सार्वननिक भएको २० दिनभित्र प्रदेशसभाको संसद बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिसक्ने बताए । माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको उनले बताए ।
उनले राजनीतिक दल, कानुन विज्ञ तथा अन्य बिज्ञहरुसंग छलफल भैरहेको बताए । उनले माघ २३ गतेभित्र संसद बैठक आह्वान गर्ने र संसद बैठकले फागुन ३ गतेभित्र मुख्यमन्त्री चयन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए अनुरुप नै कार्य गर्ने बताए । सरकारले दिएको जिम्मेबारीलाइ कुशलतापूर्वक निर्बाह गर्ने उनले बताए ।
बैठकका लागि अब ११ दिनमात्रै बाँकी छ भने सरकार गठनका लागि २२ दिन बाँकी रहेको उनले बताए । प्रदेश सरकारमा आफुहरुको अनुभव नभए पनि केन्द्रिय सरकार चलाएको आफुसँग अनुभव भएको बताए । उनले यो प्रक्रियामा केन्द्रिय सरकारले सहयोग गर्नुपर्ने धारणा राखे ।
अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद बैठक आह्वानका लागि केही दिन लाग्ने छ । संसद सञ्चालनका लागि कर्मचारीहरूसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताए । उनले बुटलल निकै स्ुन्दर र भगवान गौतम बुद्धको क्षेत्र भएकाले यहा आउन पाउनु निकै आनन्द महसुश भएको बताए ।
यता प्रदेश मन्त्रालय लगायतका कार्यहरुको लागी अस्थायी राजधानी भएकोले अस्थायी किसिमका पूर्वाधारहरु निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताए । कार्यालय तथा मन्त्रालय लगायतका कुराहरु निर्माणको चरणमा रहेको बताउँदै अस्थायी संरचना निर्माण प्रक्रिया पूरा भएको बताए ।

प्रकाशित मिति : ११ माघ २०७४, बिहीबार ०६:४४