सूचनाको शक्ति - The Power Of Information

        

आर्थिक हिनामिना गरेको आरोप :

नेपाल कम्युनिष्ट पार्टी बझाङका अध्यक्ष कुवँरको जिम्मेवारी खोसियो

जिल्ला कमिटीलाई पुनः गठन

बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षले पार्टीभित्रको फुटलाई निम्त्याउन माधव नेपाल प्रचण्ड पक्ष मुख्य दोषी रहेको ओली पक्षले निष्कर्ष निकालेको छ ।

विहिबार जिल्ला सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गरी प्रचण्ड माधव समुहले पार्टीभित्र नै दन्द्ध सिर्जना गरी पार्टीलाई संकटमा पु¥याएको आरोप लगाएको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टीका पहिलो अध्यक्ष केपी शर्मा ओलीले देशमा जनताको मर्म अनुसारको काम गरेको, अन्तरदेशिय सम्बन्धलाई सुमधुर बनाउदै गएका बेला नेपालमा अस्थिरता चाहानेहरुले पार्टी र देशलाई नै भड्खालोमा हालेको ओली पक्षले निष्कर्ष निकालेको हो ।

केन्द्रमा आएको विवादसँगै जिल्ला स्तरमा पनि यतीबेला तरङ्ग छाएको छ । जिल्लामा पनि नेता कार्यकर्ताहरु विभाजित भएका छन् ।जिल्लामा पनि नेताहरु विभाजित भएपछी नेपाल कम्युनिष्ट पार्टी नेकपाले बझाङमा जिल्ला कमिटीलाई पुनः गठन गरेको छ ।

माघ ५ गते ओली पक्षको नेकपाले नेकपा अध्यक्ष समेत रहेका पार्टीका अध्यक्ष मिन बहादुर कुँवरले पार्टीको मर्म विपरित रहेर काम गरेको, पार्टी भित्रका आन्तररिक कुराहरुलाई बाहिर ल्याएको, पार्टीको सम्पतिलाई दुरुपयोग गरेको भन्दै ओली पक्षको नेकपाले अध्यक्षको जिम्मेवारी खोसेको थियो । माघ ५ गतेको विस्तारित वैठकले संविधान सभा सदस्य अफिलाल ओखेडालाई नयाँ जिम्मेवारी दिएको छ ।

पार्टीको नाममा रहेको १७ लाख रुपैया समेत हिनामिना गरेको भन्दै नयाँ जिम्मेवारी पाएका वर्तमान अध्यक्ष अफिलाल ओखेडाले पदमुक्त गरिएका मिन बहादुर कुवँरले पार्टीलाई भड्खालोमा राखेर आफु बन्ने प्रवृती देखाएको बताउनु भयो ।

विस्तारित वैठकमा नेकपा वझाङ जिल्ला कार्यसमितिलाई पनि पुनः गठन गरेको छ । १३३ सदस्य जिल्ला कमिटिलाई बढाएर ९ सय ९९ जनाको बनाईएको छ भने, ३ सय ३३ सदस्य सचिवालय कमिटि र २५ सदस्य कार्यालय संञ्चालन समिती बनाएको पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

अध्यक्ष ओखेडाले आगामी दिनहरुमा बस्ने पार्टीको बैठकले निर्वाचन क्षेत्र कमिटि, गाँउकमिटि, वडा कमिटि तथा जनवर्गिए संगठन गठनका लागी निर्णय गर्ने बताउनु भयो ।

सिमित मान्छेले जनतामा भ्रम छर्ने गरेको भएपनि त्यो दिवा सपना रहेको प्रतिनिधी सभा सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरव बहादुर सिंहको भनाई छ । जनतामा भ्रम छरेर अघाडी बढ्न खोज्ने माधव प्रचण्ड कम्पनिका हिमायतीहरु इतिहासमा समाप्त हुने सिंहको भनाई रहेको थियो ।

जस्ले जति नै चिल्लो घसेपनि केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपा नै बैधानिक रहेको भन्दै कार्यकर्ताहरुले अहिले नै बरालिएर हिड्नु आफ्नै लागी घातक हुने नेपाल कम्युनिष्ट पार्टी नेकपाका बझाङ जिल्ला अध्यक्ष अफिलाल ओखेडाले बताउनु भयो ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार ०८:३१