सूचनाको शक्ति - The Power Of Information

        

बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

बिहीवार छापावाल सुन प्रति तोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन तेजाबी सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १२:२९