सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि बहस जारी

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।

रिट निवेदकका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्यालले आजको पहिलो बहस गरेका छन्।

बुधबारदेखि बहसका लागि ३० मिनेटको समय तोकिदिएको थियो।

यसअघि इजलासमा वकिललाई बहसको समय तोकिएको थिएन। एउटै वकिलले घन्टौं बहस गर्न थालेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए तर समय तोकेका थिएनन्।

रिट निवेदकका तर्फबाट साढे ३ सय वकिलले बहसका लागि निवेदन दिएका छन्। यति धेरै जनाले लामो-लामो बहस गर्दा धेरै समय लाग्ने भन्दै इजलासले समय तोकेको हो।

संवैधानिक इजलासमा आइतबारदेखि  प्रतिनिधि सभा विघटनका मुद्दामा निरन्तर सुनुवाइ भइरहेको छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार १२:२०