बझाङ । गुटगत गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश र जिल्लामा औपचारिक विभाजन सुरु हुन थालेको छ । केपी शर्मा ओली समूह र प्रचण्ड–ओली समूहको फरक–फरक भेला, प्रशिक्षण चलिरहेको समयमा सोमबार ओली पक्षबाट बझाङमा अध्यक्ष चयन गरेर जिल्ला कमिटी निर्माण भएको हो ।
सोमबार गरेको सपथ ग्रहण तथा जिल्ला कमिटीको विस्तारित बैठकले अफिलाल ओखेडालाई अध्यक्ष घोषणा गरेको हो । ओखेडा नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रिय कमिटी सदस्य र संविधान सभा सदस्यसमेत रहेका छन् । पार्टी एकताबाट चयन भएका अध्यक्ष मिनबहादुर कुँवर हटाएर नयाँ अध्यक्ष चयन गरेको हो । जिल्ला कमिटीको पदाधिकारीलाई भने हटाइएको छैन ।
बझाङ जिल्लामा जिल्ला अध्यक्ष प्रचण्ड–नेपाल पक्षमा लागेका छन् । नेकपा केपी ओलीसमूह बझाङले सोमबार जिल्ला कमिटीको बैठक आह्वान गरेको थियो । सोमबार ओली पक्षको भेलालाई सम्बोधन गर्न सुदुरपश्चिम प्रदेश नेकपाका अध्यक्ष कर्णबहादुर थापा बझाङ पुगेर जिल्ला कमिटी सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । जिल्ला कमिटीमा हाल ९९९ जना पुगेका छन् ।
।