सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा अनलाइन घटना दर्ता तीब्र

बाँके । नरैनापुर गाउँपालिकाले अनलाइन व्यक्तिगत घटना दर्ता कार्यलाई तिब्रता दिएको छ । व्यक्तिगत घटना दर्ता प्रणालीलाई व्यवस्थित गर्न पौष १७ गते देखि वडा नम्बर ४ वाट शुरुवात गरेको कार्यलाई निरन्तरता दिँदै सोमबारबाट नरैनापुर गाउँपालिकाको वडा नम्बर १ मा पनि अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरिएको छ ।

सोमवार नरैनापुर गाउँपालिका–१ को राम किशोर बडहीको छोरी सनुपा बडही तथा रामपाल बारीको छोरी निशुकुमारी बारीसहित तीन जनाको जन्म दर्ता गरेर अनलाइन व्यक्तिगत घटना दर्ता गरिएको वडा नम्बर १ का सचिव तथा गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए ।

अनलाइन व्यक्तिगत घटना दर्ताले गर्दा काम छिटोछरितो हुने, अभिलेखीकरणमा सहजता आउने, च्यातिने हराउने जतिबेलाबाट नष्ट हुने सम्भावना कम रहने तथा माथिल्लो निकायले पनि खोजेको बेला सजिलै हेर्न सकिने भएको हुनाले यो प्रक्रिया अति प्रभावकारी रहेको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले बताए ।

वडा नम्बर १ मा गरिएको अनलाइन घटना दर्ताहरुको प्रमाणपत्र स्थानीय पंजिकाधिकारी एवम् वडा सचिव लक्ष्मीकान्त मिश्राले हस्ताक्षर गरेका थिए भने कार्यक्रममा गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत महेन्द्रजंग शाही, वडाध्यक्ष मोल्हे बेहना शेष, वडासचिव लक्ष्मीकान्त मिश्र, पंजिकरण शाखाका जयप्रकाश पाठक, गोविन्द गोडिया, हंशराज विश्वकर्मा, सुजितकुमार तिवारी, वडा सदस्य जकी खाँ, सहायक कम्युटर अपरेटर आरिफ खाँ लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलवार ०८:४२