सूचनाको शक्ति - The Power Of Information

        

संस्कार

३० वर्ष कान्छी युवतीसँग विवाह गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले २० वर्षिया जाङमु शेर्पासँग विवाह गर्न लागेका छन् । ५० वर्षका राईले आफूभन्दा ३० वर्ष कान्छी युवतीसँग विवाह गर्न लागेका हुन् । राईकी हुनेवाला दुलही मिस मंगोल २०१८ की विजेता हुन् ।

मुख्यमन्त्री राईले यही माघ ११ गते सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङमु एन शेर्पासँग विवाह गर्ने मिति तय भएको हो । उनीहरुको विवाह काठमाडौँमा र भोज विराटनगरमा हुने बताइएको छ । काठमाडौंमा नेकपाका सिमित नेताहरु निकट मित्र र पारिवारिक सदस्यबीच मुख्यमन्त्री राईले विवाह गर्न लागेको उनको सचिवालयले पुष्टि गरेको छ ।

मोडलिङ्ग र सामाजिक काममा सक्रिय शेर्पाका परिवार भने अमेरिकामा बस्छन् । संखुवासभा पुख्र्यौली घर भएकी शेर्पा हाल काठमाडौंमा बस्छिन् । ११ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’मा भाग लिएकी उनले त्यसलगत्तै उनले विभिन्न ब्युटी प्याजेन्टमा सहभागी हुँदै मिस मंगोल नेपालको उपाधि जितेकी थिइन् ।

२०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएकाले उनको विहे भने हुन सकेको थिएन । उनी २० वर्षको बीचमा तत्कालीन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिटव्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०७७, आइतवार ०९:१५