सूचनाको शक्ति - The Power Of Information

        

ताप्लेजुङमा खैरो हिरोइनसहित तीन जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले लागुऔषध खैरो हिरोइन कारोबारमा संलग्न एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फक्ताङलुङ गाउँपालिका–४ ईखाबुका हाङ्सु भनिने अमृत लाबुङ (लिम्बू), फुङलिङ नगरपालिका ९ स्थायी ठेगाना भई झापाको अर्जुनधारा बस्ने कल्पना गुरुङ र फुङलिङ नगरपालिकामा बसोबास गर्दै आएका भारतीय नागरिक रुपन शाह भनिने मनोज शाह रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई छुट्टा–छुट्टै ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार १०:३६