सूचनाको शक्ति - The Power Of Information

        

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जादैं

काठमाडौं । नेपाल भारत संयुक्त आयोगको छैठौं बैठकमा भाग लिन आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जादैं हुनुहुन्छ । बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा भाग लिन उहाँ भारत जान लाग्नु भएको हो ।

बिहीबार नै संयुक्त आयोगको बैठक सुरु हुनेछ । शुक्रबार बैठक सम्पन्न भएपछि ज्ञवालीले राजनितिक भेटघाट गर्नुहुने कार्यक्रम तय भएको छ । उहाँ शनिबार स्वदेश फर्कनु हुनेछ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल भारत द्धिपक्षीय विविध आयामसहित व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड १९, सहकार्य पूर्वाधार, कृषि, पर्यटनलगायत विषयमा छलफल हुनेछ ।

ज्ञवालीले बैठक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपालका राजदूतलगायत छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार ०७:०७