सूचनाको शक्ति - The Power Of Information

        

नेकपा सरकारले आफ्नो पालामा महत्वपुर्ण काम गरेको छ : मन्त्री ठगुन्ना

बझाङ । नेपाल कम्युनिष्ट पाटी नेकपा बझाङले सदरमुकाम चैनपुरमा मंगलबार बृहत आमसभा गरेको छ ।

दिउसो बाजागाजा र्यालीका साथ लोकतान्त्रिक चोकमा भएको आमसभालाइ सम्बोधन गर्न बझाङ पुगेका संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेस ठगुन्नाले जनताले ५ बर्षका लागी जनादेश दिएको भएता पनी विचमै तुहाउने काम भएकाले अब फेरि ताजा जनादेशमा जानुपर्ने बताए ।

भुकम्प ,नाका बन्दि , कोरानालाइ समेत झेल्दै देशको आर्थतन्त्र समेत अगाढी बढेको र देशको विकास संगसंगै प्रत्यक सदरमुकाम जोड्ने सडकहरु कालोपत्रे बनाउनेकाम वडाहरुमा ५ देखी १५ शैयाका अस्पताल बनाउने काम , स्थानियतहहरुमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्राविधिक शिक्षा सामाजिक सुरक्षा भत्ता, गुमेको भुमी फिर्ता ल्याउनका लागी समेत वर्तमान सरकार लागी परेको समेत बताउनुभयो ।

बझाङ जिल्लाको सबै भन्दा महत्वपुर्ण ताक्लाकोट सडक खण्ड , सेती विधुत र्निमाण ,खप्तडको विकासलाइ समेत प्राथमिकतामा राखी काम अगाढी बढिरहेकाले फेरि पनी जनता माझ आफु जाने र जनताले पनी नेकपालाइ बझाङबाट फेरी पनी विजय बनाउने कुरामा आफु विश्वस्त रहेको समेत बताउदै , नेकपाको उर्वर भुमिनै बझाङ भएको बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियु संयोजक तथा नेकपा केन्द्रिय सदस्य ऐन महर , खडक खड्का , अफिलाल ओखेडा, आनन्दलाल विक, भैरव सिंह दिल बहादुर भन्डारी लगाएतका नेताहरुले कार्यक्रममा आफ्ना कुराहरु राख्नु भएको थियो ।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार १६:३६