सूचनाको शक्ति - The Power Of Information

        

नेकपा दाहाल–नेपाल समूहको कार्यकर्ता भेला आज

twitter sharing button
काठमाडौं । राजनीतिक रुपमा विभाजित नेकपाको दाहाल–नेपाल समूहले आज दिउँसो काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ। 

भेलालाई नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। दिउँसो साढे १२ बजे प्रज्ञाप्रतिष्ठान कमलादीमा भेला आयोजना हुने बताइएको छ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा राजनीतिक रुपमा नै विभाजित बनेको छ। त्यसयता नेकपाका दुई समूहले भेला, बैठक र आमसभाको आयोजना गर्दै आएका छन्।

प्रकाशित मिति : २९ पुष २०७७, बुधबार ११:३७