सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

पछिल्लो २४ घण्टामा थप ४३० संक्रमित, ३९० संक्रमणमुक्त, ५ जनाको मृत्यु

देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४३० जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ ।

हाल देशभर ४ हजार ४०८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ३ सय जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३२ पुगेको छ ।

प्रकाशित मिति : २८ पुष २०७७, मंगलवार १७:४३