काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसा पछिल्लो २४ घण्टामा थप ४८८ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भई संक्रमणमुक्त भएका छन् ।
योसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।
देशभरी सक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ७३ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु भएको छ ।
योसँगै हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय २७ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ ।
सत्यपाटी ।