सूचनाको शक्ति - The Power Of Information

        

स्रोत नखुलेको ३१ लाख ८९ हजार नगदसहित एक युवक प्रहरी नियन्त्रणमा

सिरहा । सिरहा प्रहरीले स्रोत नखुलेको नगदसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय सिरहा नगरपालिका–२१ लगडीगोठबाट खटिएको प्रहरीले चेक जाँचको क्रममा सिरहा नपा–२२ हकपाडाका ३९ वर्षीय विश्वनाथ यादवको साथबाट स्रोत नखुलेको ३१ लख ८९ हजार बरामद भएको हो ।

कपडाको झोलामा बोकेर ल्याइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।

पक्राउ परेका यादवलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धिकरण विभिभाग हरिहर भवन ललितपुर पठाइएको छ । उनले भारतीय बजारबाट नेपाली बैङ्कमा जम्मा गर्न रकम ल्याएको हुन सक्ने अनुमान गरिएको छ ।

सीमाक्षेत्रका भारतीय व्यसायीहरुले जम्मा भएका नेपाली रुपैयाँ नेपाली नागरिकको नाममा यतै विभिन्न बैङ्क तथा वितिय संस्थाहरुका खाता खोली एटीएमको माध्यमबाट भारतमा भारु रकम झिक्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका बताएको छ ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार १०:१६