सूचनाको शक्ति - The Power Of Information

        

विश्वमा एकैदिन ६ लाख ४ हजार बढीमा कोरोना संक्रमण, ८ हजार ८ सय जनाको मृत्यु

काठमाडौं । विश्वमा एकैदिन ६ लाख ४ हजार ९ सय १८ जनामा संक्रमण देखिएको वल्डोमिटर्सले जनाएको छ ।

यसरी विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड ६६ लाख ९ हजार १८ पुगेको छ ।

त्यस्तै अमेरिकामा कोरोना संक्रमणबाट एकैदिन ८ हजार ८ सय जनाको मृत्यु भएको छ ।

यसरी विश्वमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १९ लाख २४ हजार ५ सय १२ पुगेको छ ।

त्यस्तै विश्वमा ६ करोड ४७ लाख ९३ हजार ३ सय २९ जना संक्रमित उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : २७ पुष २०७७, सोमबार ०८:१६