सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

काठमाडौं । आइतबार थप २५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार ७८० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरमा ३, झापामा १, भोजपुरमा १, मोरङमा ८, सुनसरीमा ४, धनुषाका २, सिराहामा ३, काठमाडौँमा ९९, काभ्रेमा १, चितवनमा ५, दोलखामा २, नुवाकोटमा ४, भक्तपुरमा ९, ललितपुरमा १८ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ११, गोरखामा २, तनहुँमा ५, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा २, कपिलवस्तुमा १९, दाङमा ३, नवलपरासीमा २, पाल्पामा ४, प्यूठानमा १, बाँकेमा २, रुपन्देहीमा ६, रोल्पामा २, सुर्खेतमा ३, अछाममा १०, कैलालीमा २, डढेलधुरामा ७ र बझाङमा १२ जना संक्रमित थपिएका छन्।

हाल देशभर ४ हजार ४ सय २२ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ३ सय ९९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय १७ पुगेको छ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार १७:१९