सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभाको बैठक

आज राष्ट्रिय सभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

वार्षिक प्रतिवेदन पेश कार्यसूचि

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज आइतवार बस्दै छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् । ओलीले पछिल्लो राजनीतिक परिस्थितीबारे बैठकमार्फत सम्बोधन गर्ने तयारी रहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको बैठकमा ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले “विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २६ पुष २०७७, आइतवार ०९:५९