काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ‘धम्की’ दिएका छन् । अध्यक्ष मिश्रले गरेको ट्वीटमा प्रतिक्रिया जनाउँदै रिमालले ‘धम्की’ दिएका हुन् ।
‘कस्तो समय आयो ! पूर्व प्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नुपर्ने । प्रधानमन्त्री/राष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने । काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने । महाभ्रष्ट नेताले भ्रष्टाचारविरुद्ध र्याली आह्वान गर्दा हजारौं सरीक हुने । अब अति भो !’ भन्दै नेकपा ओली समूहले गत शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई संकेत गर्दै अध्यक्ष मिश्रले सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका छन् ।
मिश्रको कटाक्षमाथि प्रधानमन्त्रीका पछि राजनीतिक सल्लाहकार रिमालले ट्वीटरमार्फत नै मिश्रलाई ‘सीमामा बस्न’ चेतावनी दिएका हुन् । उनले लेखेका छन्, ‘सीमामा बस्नुस् रबीन्द्र जी ! तपाईँको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन । यति चाहि भनूँ, मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससंग समयले जवाफ माग्ने छ ।’ त्यसपछि पुनः मिश्रले ट्वीट गरेर रिमाललाई धम्कीयुक्त भाषा प्रयोग नगर्न सुझाव दिएका छन् ।
मिश्रले भनेका छन्, ‘प्रिय विष्णु रिमाल जी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरुपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्याउँदा ‘सीमामा बस्नुसु’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो । विमती जनाउनुभएको भए भइहाल्थ्यो । सानो सुझाव मात्र ।’
सत्यपाटी ।