सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय सरकारका कुरा

बाँकेको जानकी गाउँपालिकाको ‘नवौं विशेष गाउँसभा’ सकियो (तस्वीरसहित)

बाँके । बाँकेको जानकी गाउँपालिकाको नवौं विशेष गाउँसभा आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संशोधनसहित पारित गर्दै बिहीबार सकिएको छ । गाउँसभाले विभिन्न कार्यविधि, ऐन तथा विभिन्न योजनाहरु संशोधनसहित पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत रानाका विशेष गाउँसभाले मर्मत सम्भार कोष कार्यविधि–२०७७, स्थानीय शिक्षा ऐन २०७७, लैङ्गिक हिंसा निवारण कोष सञ्चालन कार्यविधि २०७७, करार कर्मचारी भर्ना ऐन २०७७, अध्यक्ष कोष कार्यविधि २०७७ लगायतका ऐन संशोधन तथा विभिन्न योजनाहरु संशोधन लगायतका प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

गाउँपालिकाको सभाहलमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय सरकारको चालु आर्थिक बर्षको कार्यक्रम संशोधनसहित प्रस्तुत गरिएको गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष भूमिसरा धितालले गाउँसभामा उपस्थित गाउँ कार्यपालिकाका सम्पूर्ण सभासदहरुलाई स्वागत गरेकी थिइन् ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १६:१६