सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री ओली भोलि धनगढी जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार (भोलि) धनगढी जाने भएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चौथो विस्तारित बैठकलाई सम्बोधन गर्न धनगढी जाने भएका हुन् ।

बुधवार नेकपाको ओली समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको छ ।

उक्त बैठकले प्रदेश संयोजक उद्योगमन्त्री समेत रहेको नेकपा स्थायी कमिटी सदस्य लेखराज भट्टलाई चयन गरेको छ ।

भोलीको बैठकलाई प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले प्रमुख वक्ताका रूपमा राजधानी बाहिर पहिलोपटक धनगढीमा हुने जनसभालाई संबोधन गर्न जान लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

त्यस्तै उक्त कार्यक्रमलाई शानदार रूपमा सफल पार्न योजनाबद्द ढंगले जनपरिचालनमा जुट्ने निर्णय गरेको समेत सल्लाहकार थापाले बताए ।

त्यस्तै बुधवारको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै नेकपा स्थायी कमिटी सदस्य भीम रावल पिएचडीलाई कारबाही गर्न सिफारिस समेत गरेको बताइएको उनले बताए ।

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार १०:१४