सूचनाको शक्ति - The Power Of Information

        

बालुवाटारको सडक नै खारेज गर्न वडाध्यक्षको सिफारिस, जग्गा व्यक्तिको नाममा लैजाने तयारी

काठमाडौं । केही घरधनी र काठमाडौं महानगरपालिका ४ का वडाध्यक्ष मोहन बहादुर विष्टको मिलेमत्तोमा बालुवाटारको आठ मिटर चौडा दुई सय मिटर सडक नै खारेज गराएर व्यक्तिको नाममा लैजान खोजिएको तथ्य खुलेको छ ।

वडाध्यक्ष र स्थानीय नौजना घरधनीको मिलेमत्तोमा सडक खारेज गर्न महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणसँग अनुमति मागिएको छ । वडाध्यक्ष विष्टले २० चैत ०७४ मै सडक खारेजीका लागि सिफारिस गरेको खुलेको हो । विष्ट तत्कालीन एमालेबाट वडाध्यक्ष निर्वाचित भएका हुन् । विष्टले घरधनीसँग लाभ लिएर त्यस्तो सिफारिस गरेको आरोप स्थानीयको छ ।

शीतल मार्ग हुँदै लम्टंगिन मार्गमा जोडिने प्रस्तावित सडक अपायक, प्रयोगविहीन र अनावश्यक भएकाले रद्द गर्न सिफारिस माग गर्दै नौजना टोलवासीले २० चैत ०७४ मै निवेदन दिएका थिए । निवेदनमाथि अध्ययन नै नगरी सोही दिन वडाध्यक्ष विष्टले सडक खारेजीको माग गरेका हुन् ।नयाँ पत्रिका

प्रकाशित मिति : २३ पुष २०७७, बिहीबार ०७:५८