बझाङ । २०७२ साल बैसाखमा जडार कोइरालकोट सडकको निर्माण कार्य शुरु गर्यो । त्यही सडकबाट खसेको पहिरोले थलारा गाउँपालिका ९ मा रहेको आम बगरबस्ती नै विस्थापित हुने अवस्थामा पुग्यो । पहिरोका कारण ८ घर पूर्णरुपमा भत्किए । २५ परिवार विस्थापित भए । आमबगर बस्तीका २० वटा घर पहिरोको जोखिममा परे ।
‘घरमा क्षति नभएकाहरु पनि पानी पर्दा ढुङ्गा खस्ने डरले घरमा बस्न छोडेर गाउँ नजिकै रहेको मष्टा प्राथमिक विद्यालको भवकमा आश्रय लिनुपर्ने अवस्थामा पुगे । आकासमा बादल लाग्ना साथ पानी परेर फेरि पहिरो खस्छ की भन्ने डरैडरमा बस्नुपर्ने अवस्था सिर्जना भयो । सडकले आमबगरवासिको बस्तीलाई मात्र क्षति ग्रस्त पारेन । पहिरो कै कारण यस बस्तीको खानेपानी पनि पूर्णरुपमा विगारी दियो ।
खानेपानीका धारा र पाइप पहिरोमा पुरिए । त्यहाँका २५ परिवारले सेती नदीको दुषित पानी पिउन बाध्य भए । दुषित पानीका कारण धेरै मानिसहरुमा झाडापखालाको, रुघाखोकी कारण संक्रमणसमेत फैलियो । पहिरोको कारण यस वस्तीमा बनेको ८० लाखको सिचाई आयोजना भत्कियो । स्थानीयको ३० रोपनी खेती योग्य जमिनमा पनि पहिरोमा पुरियो ।
पहिरोका कारण गांउँमा बस्ने अवस्था नभएको भन्दै बस्ती सारिदिन यहाँका बासीन्दाले जिल्ला प्रशासन कार्यालयमा ३ पटक निवेदन र एक पटक ज्ञापन पत्रसमेत बुझाए तर प्रशासनले उनीहरुको पीडा नबुझको स्थानीय सिद्धराज जोशीले बताए । बर्खामा रातभर खुला चौरमा भिजेर बसिरहेका थियौं । चिसोले केटाकेटी विरामी परिरहेका थिए उनले भने ‘एउटा पालसम्म पनि बसैले कसैले दिएनन् ।
यसैबीच यहाँका स्थानीयले यो समस्या लिएर खाद्य अधिकार सम्बन्धी काम गर्ने गैर सरकारी सस्था फियान नेपालका जिल्ला प्रतिनिधीलाई जानकारी गराए । फियानका प्रतिनिधी घरदैलोमा आएर समस्याको बारेमा बुझे । उनीहरुले यहाँका घटनाको दस्तावेजिकरण गर्न समुदायलाई सहयोग मात्र गरेनन । यो सवाललाई राष्ट्रियकरण गर्नमा पनि मद्दत गरे ।
फियान नेपालको सहयोगमा गठित सडक पीडित संघर्ष सतितिले वडा, गाउँपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति लगायत सडक डिभिजन कार्यालय बैतडी, डिभिजन बन कार्यालय बझाङ र मुख्य मन्त्रिको कार्यालय धनगढीमा समेत ज्ञापनपत्र बुझायो । उक्त अभियान पश्चात आमबगरवासिले विभिन्न निकायबाट सहयोग पाएका हुन् ।
खानेपानीको ट्याङ्की निर्माणका लागि साविकको मालुमेला गाविसले २०७३ मा ३ लाख रकम विनियोजित गरेको थियो । क्षति भएका घर निर्माणका लागि सडक डिभिजन कार्यालय बैतडीले २०७४ मा १४ लाख विनियोजित गरेको थियो । जुन रकमबाट घर भत्किएर विस्थापित भएकाहरुको घर पुनःनिर्माण भएर आफ्नै घरमा पुनःस्थापित भैसकेका छन् ।
वडा कार्यालयले पनि पहिरो रोकथामका लागि बृक्षारोपण गर्नका लागि २०७५ मा २ लाख विनियोजन गरेको गर्यो । प्रदेशबाट सेती नदिमा तटबन्धनका निर्माणका लागि २०७५ सालमा २० लाख र २०७५ सालमा वडा कार्यालयबाट ४ लाख विनियोजित गरेको थियो । त्यस्तै प्रदेशबाट जडारी गाडदेखि मालुमेलासम्मको सिँचाइ कुलो निर्माणका लागि ३० लाख रकम विनियोजित गरेको थियो ।
सडक पीडित खाद्य अधिकार समूहका अध्यक्ष्मसमेत रहेका विश्वप्रकाश जोशीले भने, ‘हामीहरु आपm्ना हक अधिकारबाट बञ्चित थियौ । फियान नेपालले योजनाबद्ध तवरले हक अधिकारका लागि सघर्ष गर्नुपर्ने कुरा सिकायो । विभिन्न क्रियाकलापहरु सञ्चालन गरी संगठितरुपमा सवालहरु उठान गर्र्न मद्दत गर्यो । हाम्रा माग सम्बोधनका लागि सरोकारवाला निकायहरुलाई दवाव सिर्जना भयो र आज आफ्ना माग पुरा भएकोमा खुशी छौं ।’
सत्यराज सिंह ।