सूचनाको शक्ति - The Power Of Information

        

सरकारविरुद्ध आन्दोलन : बयलगाडा, कालोझण्डा देखाउने र प्रधानमन्त्रीको पुत्ला जलाउने

काठमाडौं । प्रचण्ड – माधव पक्षको अनेरस्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

बागबजारमा आज प्रत्रकार सम्मेलन गरी अनेरस्ववियुले पुस ५ गते सरकारले चालेको कदमको कडा विरोध गर्ने जनाएको हो । अनेरस्ववियले आजैबाट सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने, प्रत्येक कलेजमा कालो ब्यानर राख्ने र कोणसभा गर्ने जनाएको छ।

९ दिनसम्म जारी रहने विरोध कार्यक्रममा पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै पुस २३ गते देशव्यापी रुपमा प्रधानमन्त्री ओलीको पुत्ला जलाउने कार्यक्रम सार्वजनिक गरेको छ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ११:३३