सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुर घटनाका दोषीलाई कारबाही गर्न कमल थापाद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले कञ्चनपुरमा सोमबार भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष थापाले मंगलबार सामाजिक सञ्जालमार्फत भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमाक्षेत्रमा सोमवार गरेको ज्यादतीप्रति घोर भत्सर्ना गरेका छन् ।

उनले घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । “कञ्चनपुरको दोधारा चाँदनी नपास्थित नेपाल-भारत सीमामा भारतीय सुरक्षाकर्मीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको घटनाको घोर भत्सर्ना गर्दछु।घटनाको छानबिन गर्न,भारत सरकारसँग बिरोध प्रकट गर्न र दोषीलाई कारबाही गर्न @kpsharmaoli @MofaNepal  को ध्यान आकर्षित गर्दछु” थापाले लेखेका छन् ।

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकास्थित नेपाल(भारत सीमामा एसएसबीले सोमबार नेपाली नागरिक नरेन्द्र लुहारमाथि गोली प्रहार गरेको थियो । दोधाराचाँदनी–१ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार भारतीय वन क्षेत्र गठिगोठमा गएका बेला गोली लागेको बुझिएको छ । घाइते लुहारलाई उपचारका लागि महाकाली अस्पताल लगिएको जनाइएको छ ।

प्रकाशित मिति : २१ पुष २०७७, मंगलवार ०९:५४