सूचनाको शक्ति - The Power Of Information

        

चीनमा पनि भेटियो नयाँ स्वरुपको कोरोना भाइरस

काठमाडौं  । चीनमा पनि नयाँ स्वरूपको कोरोना भाइरस देखिएको छ ।

एक वर्ष पहिले कोरोना भाइरसको शुरुवात भएको देश चीनमा त्यसको वर्ष दिनपछि बेलायतमा देखा परेको नयाँ प्रकार चीनमा पनि फेला परेको हो ।

चीनको वुहान हुँदै विश्वभर पुगेको कोरोनालाई नियन्त्रण गर्न नपाउँदै फेरि भाइरसको नयाँ प्रकार फेला परेको हो ।

चीनकी २३ वर्षीया एक महिलामा नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको बीबीसीले जनाएको छ ।

नयाँ स्वरुपको कोरोना भाइरसका सङ्क्रमित बेलायतमा धेरै भेटिएको छ भने अरु देशमा पनि फैलिरहेको छ । यसको संक्रमण गति तीब्र मानिन्छ ।

बेलायतमा नयाँ स्वरुपको कोरोना भाइरस देखिएपछि बेलायतसँगको आवातजावत नै धेरै देशले बन्द गरेका छन् ।

प्रकाशित मिति : १७ पुष २०७७, शुक्रबार ०९:०९