सूचनाको शक्ति - The Power Of Information

        

दाहाल–नेपाल समूह

काठमाडौंमा नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन, सहभागिताबाट नेताहरु उत्साहित

देशका अरु शहरमा प्रदर्शन

काठमडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले काठमाडौंमा सडक प्रदर्शन गरेका छन् ।

पार्टी विभाजित भएपछि दाहाल–नेपाल पक्षले पहिलो पटक राजधानीमा शक्ति प्रदर्शन गरेको हो । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट मानिसहरु प्रदर्शनमा सामेल भएका छन् ।

काठमाडौंको टेकु, कुलेश्वर, कुपण्डोल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, न्यूरोड, नक्साल, रत्नपार्क, त्रिचन्द्र कलेज, बागबजार, वाल्मिकी क्याम्पस, लगायतका स्थानबाट निस्किएको जुलुस शहर परिक्रमा गरी भृकुटीमण्डपमा सभामा परिणत भएको छ ।

सबै क्षेत्रको जुलुसको नेतृत्वका लागि केन्द्रीय नेताहरु नै खटाइएको थियो ।

सभामा अध्यक्षद्वय पुष्पकमल दाहाल, माधव नेपाल, भलनाथ खनाललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेकपाले आज देशका अरु शहरमा प्रदर्शन गरेको छ ।

प्रकाशित मिति : १४ पुष २०७७, मंगलवार १५:०२