सूचनाको शक्ति - The Power Of Information

        

अदिती : बोल्ड कि ब्यूटी ?


काठमाडौं । चलचित्र ‘कृ’कि नायिका अदिती वुढाथोकी झट्ट हेर्दा बोल्ड देखिन्छिन् । अझ, उनको इन्स्ट्राग्रामका तस्बिर हेर्ने हो भने त उनलाई बोल्ड नायिकको रुपमा परिचित गराउन सकिन्छ ।
तर, नायिका वुढाथोकी भने आफू साधारण र सरल भएको बताउँछिन् । माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’का लागि निकै उत्साहित देखिएकी अदिती आफूलाई सहज हुने पहिरन लगाउन मन पर्ने बताउँछिन् ।
अदितीका अनुसार, उनले एक पटक १ लाख भन्दा बढी मुल्य पर्ने ब्याग किनेकी थिइन् । अहिले पनि उनलाई त्यती महंगो मुल्यमा ब्याग किनेकोमा पछुतो छ ।

प्रकाशित मिति : ८ माघ २०७४, सोमबार ०६:११