सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा ओली समुहले लगाएको ताला प्रचण्ड–नेपाल समुहले फोडे

बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली समुहले बझाङस्थित पार्टी कार्यालयमा लगाएको ताला नेकपा अध्यक्षद्वय प्रचण्ड–नेपाल समुहका नेताहरूले आठ घण्टामै ताला फोडेका छन् । आइतबार दिउँसो लगाएको ताला आठ घण्टामै युवा संघका जिल्ला कमिटी बझाङका पदाधिकारीले फोडेको संघका जिल्ला सदस्य जिवन सिंहले जानकारी दिए ।

औपचारिकरुपमा पार्टी विभाजन नभएको र निर्वाचन आयोगले चिन्ह र पार्टीको आधिकारिक नाम छुट्याइ नसकेको बेला पार्टी कार्यालयमा ताला लगाउनु अराजकताको पराकाष्ट भएको र आफुहरु नभएको बेलामा पार्टी कार्यालयमा ताला लगाएको आरोप लगाएका छन् । प्रचण्ड–नेपाल पक्षका नेताहरूले पार्टी कार्यालय कब्जा गर्ने नियत नै गलत भएको बताए ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार ०९:५२