सूचनाको शक्ति - The Power Of Information

        

फेरि धुम्मियो आकाश, यस्तो हुनेछ तीन दिनको मौसम

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश पहाडाी भूभागमा मौसम बद्लिएको छ ।

काठमाडौं उपत्यकासहित, सुदुरपश्चिम, कर्णाली प्रदेश, प्रदेश नम्बर १ का पहाडी भूभागमा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मध्यान्हपछि क्रमश हट्दै गएपनि पारिलो घाम लाग्ने सम्भावना कमजोर रहेको महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार मौसम धुम्मिए पनि वर्षाको सम्भावना भने छैन् ।
सुदुरपश्चिमका केहि हिमाली भूभागमा हिमपातको सम्भावना रहेको उनले बताए । पश्चिमी वायुको प्रभाव एक दुई दिन कायममै रहने र यसले अधिकतम तापक्रम घटाउन सक्ने मौसमविद् श्रेष्ठले जानकारी दिए ।
आकाश धुम्मिएसँगै अधिकतम तापक्र घट्ने र जाडो बढ्ने गर्छ । आज (सोमबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस छ भने अधिकतम तापक्र १६ देखि १८ डिग्रीको बीचमा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम

पौष १३ गते (सोमबार)

दिउँसो : प्रदेश नं १, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति :    प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

पौष १४ गते (मंगलबार)

दिउँसो : प्रदेश नं १ को पहाडी भु-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति : कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

पौष १५ गते (बुधबार)

दिउँसो :  कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति : देशका उच्च हिमाली भु-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च हिमाली भु-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति : १३ पुष २०७७, सोमबार ०९:०२