सूचनाको शक्ति - The Power Of Information

        

जनता समाजवादी पार्टीले गर्‍यो संसद विघटनविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं  । जनता समाजवादी पार्टी (जसपा) नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओली गरेको प्रतिनिधिसभा विघटनको विरोधमा जसपाका नेता कार्यकर्ता सडकमा उत्रिएका हुन् ।

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै जसपाले खारेजीको माग गरेको छ ।

काठमाडौंको रत्नपार्क शान्तिबाटिकाबाट शुरु भएको र्‍याली पुतलीसडक हुँदै फेरि शान्तिबाटिकामै पुगेर कोणसभामा परिणत भएको छ ।

प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र ठाकुर, डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई, शरतसिंह भण्डारीलगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरी संसद भंग गरेको भन्दै जसपाले लगातार विरोध गरिरहेको छ ।

प्रधानमन्त्रीको सिफारिश हुबहु सदर गरेर राष्ट्रपति विद्या भण्डारीले पनि असंवैधानिक काममा ल्याप्चे लगाएको आरोप जसपाका नेताहरुको छ ।

प्रकाशित मिति : १२ पुष २०७७, आइतवार १६:४८