२०७७ पुस ११ गते, शनिवार, २६ डिसेम्बर २०२० । मार्ग शुक्लपक्ष, द्वादशी तिथि । भरणी नक्षत्र (११ः२२ बजेउप्रान्त कृत्तिका) । चन्द्रराशि– मेष (१८ः०१ बजेदेखि वृष) ।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । अध्ययनले व्यक्तित्व निखार्ने समय छ । मिहिनेत गर्दा दिगो काममा जग बसाउन सकिनेछ । साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ । काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन समय लाग्नेछ । तथापि मिहिनेत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ । आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ । लाभांश अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ । तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सामाजिक दायित्व हातलागी हुनेछ । कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुन सक्छ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् । सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । साँझतिर नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ । आयस्रोत सबल बन्नेछ । दिगो काम थालनी गर्ने समय छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ । सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ । कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । व्यवसायमा आंशिक लाभ हुनेछ । नयाँ काम थाल्न पनि सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
खानपान एवं मनोरञ्जनमा रमाउने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ । भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ । सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी तथा काममा चुनौती देखापर्न सक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा उत्रनुपरे पनि पुरुषार्थी काम सिद्ध गर्ने समय छ । कामबाट मनग्य लाभ मिल्नेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । साँझतिर लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला । वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । साँझतिर ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान् । सोझोपनको फाइदा अरूले उठाउन सक्छन् । परिस्थितिले आकस्मिक खर्च बढाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दुःख पाइनेछ । समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ । बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला । परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । अध्ययनको गतिले उचाइमा पुर्याउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ कामको प्रस्ताव आउनेछ । आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ । बोलीको भरमा काम सम्पादन हुन सक्छ । विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ । आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ । कामले मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन् । साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ । अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउन सक्छ ।
सत्यपाटी ।