सूचनाको शक्ति - The Power Of Information

        

१० महिनादेखि बन्द सिनेमा हल आजदेखि खुल्दै

बाँके । गत वर्षको चैत महिनादेखी बन्द भएका सिनेमा हलहरु आजदेखि खुल्दैछन् । सरकारले सिनेमा हल खोल्ने कुनै निर्णय नगरे पनि आजदेखि हल मालिकले हल खोल्ने तयारीमा लागेका हुन् । हल खुल्ने भएपछि चलचित्रकर्मी पनि उत्साहित भएका छन् ।

लकडाउन अघि सिनेमा हलमा प्रदर्शनमा आएको चलचित्र ‘आमा’ र ‘सेन्टी भाइरस’ हलमा पुन प्रदर्शनमा आउने भएको छ । हल सञ्चालकले ५० प्रतिशत दर्शक राखेर सिनेमा हल चलाउने तयारी गरेको बताइएको छ ।

प्रकाशित मिति : १० पुष २०७७, शुक्रबार ०९:५४