काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टी विवादमा प्रधानमन्त्री केपी ओली समूह छोडेका छन् ।
बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै नेता तामाङ र उनकी पत्नी उशाकला राईले ओली समूह छोडेको जानकारी दिएका हुन् ।
ओली समूह छोडेसँगै पार्टी विवादमा उनीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहमा फर्किएका छन् ।
नेता तामाङ बिहीबार कार्की ब्याङ्केटमा हुने प्रचण्ड–नेपाल समूहको बैठकमा सहभागी हुनेछन् ।
यसअअघि प्रदेशसभा सदस्यसमेत रहेकी उशाकला राईले ओली समूहले केन्द्रीय कमिटीमा गरेको मनोनयन अस्वीकार गरेकी थिइन् ।
प्रधानमन्त्री ओली समूहको संसदीय दलको बैठकमा समेत सहभागी भएका सांसद तामाङ प्रचण्ड नेपाल समूहमा फर्किएका हुन् ।
जिल्लामा प्रचण्ड–नेपाल समूहको वर्चश्व र कार्यकर्ताको दबाब थेग्न नसकेर नेता तामाङ यो समूहमै फिर्ता भएको निकट स्रोतको दाबी छ ।
सत्यपाटी ।