काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयहरुबाट भइरहेको मतदाता नामावली संकलन कार्य रोक्न निर्देशन दिएको छ ।
सरकारले आगामी २०७८ वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन मिति तोकेसँगै आयोगले यसअघि जारी राखेको मतदाता नामावली संकलन कार्य अर्को व्यवस्था नभएसम्मका लागि रोक्न जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
आयोगले ७७ वटै जिल्लाका निर्वाचन कार्यालयहरुलाई परिपत्र गर्दै मतदाता नामावली संकलन कार्य तत्कालका लागि स्थगित गर्न परिपत्र जारी गरेको हो ।
सत्यपाटी ।